Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सांसद दिपक बोहोराद्धारा मानव अधिकार आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता 


    सोमबार, जेष्ठ १८ २०८३
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

    बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गर्दै रिट दायर गरेका हुन् ।

    उनले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताउँदै जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

    आयोगले पर्याप्त प्रमाण र तथ्यको अध्ययन नगरी आफ्नो नाम उल्लेख गरेको भन्दै अन्याय भएको महसुस भएपछि न्यायको खोजीका लागि अदालत पुगेको बताएका छन् ।

    आयोगको प्रतिवेदनमा बोहोरासहित रास्वपा सभापतिलगायत रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार