काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले दिएको विवादित भनाइलाई लिएर विपक्षी दलहरूको बैठकले उनलाई संसदमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकपछि प्रतिक्रिया दिँदै खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य परिस्थितिभन्दा फरक रहेको भन्दै त्यसको जवाफ प्रतिनिधि सभा बैठकमा नै दिनुपर्ने धारणा राखिन्।
उनले नेपाल-भारत सीमा सम्बन्धमा उठाइएको प्रसंग तथ्यका आधारमा गलत व्याख्या भएको बताउँदै सीमावर्ती क्षेत्रमा हुने केही स्थानगत व्यवस्थालाई भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने जिकिर पनि गरिन्।
ओलीका अनुसार विपक्षी दलहरूको छलफल जारी रहेकाले सम्बन्धित दलको आन्तरिक बैठकमा थप छलफलपछि औपचारिक धारणा सार्वजनिक गरिने तयारी छ।
त्यसैगरी बैठकपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको भनाइलाई अपरिपक्व र संवेदनशील विषयमा असावधानीपूर्ण अभिव्यक्ति भएको टिप्पणी गरे। उनका अनुसार यस्तो अभिव्यक्तिले छिमेकी मुलुकसँगको सीमा दाबीसम्बन्धी विषयमा गलत सन्देश जाने जोखिम रहेको छ।
राईले उक्त विषय सामान्य राजनीतिक टिप्पणी नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमै उपस्थित भएर जवाफ दिनुपर्ने माग दोहोर्याएका छन्।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend