काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह गरेका छन्।
शनिबार लायन्स क्लब काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख अर्यालले सरकार गलत बाटोमा हिडेमा सच्याउन आग्रह गरेका हुन्। ‘तपाईहरूले जसरी लायन्स क्लबमा बिहानै उठेर घण्टी बजाउने गर्नुहुन्छ, अब सरकारलाई पनि घण्टी बजाईदिनुहोला की यहाँनेर गलत हुँदै छ, यो छिटो गर्नुस्, यसरी काम गर्नुस्, यसरी गर्नुपर्छ, जनताको माग यो हो, आजको जनताको आवश्यकता यो हो,’ अर्यालले भने।
यस्तै, कानुन निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन पनि उनले अनुरोध गरे। ‘कानुन निर्माण व्यवस्थापिकालाई सघाउने, सुझाव दिने, कहाँ कस्तो कानुन चाहिन्छ, कस्तो कानुन बनाएमा देशको जनता खुशी हुनसक्छन्, सुखी हुन सक्छन्, यो देश समृद्ध हुनसक्छ, त्यो बाटो तपाईंहरूले देखाउनुपर्छ,’ उनले भने, ‘कानुन निर्माणमा पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई पनि तपाईहरूले घच्घच्याउनुस्।’
देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा उनले जोड दिए। ‘हामी हाम्रै पालामा यो देश समृद्ध बनाउनुपर्छ। हामी हाम्रै पालामा यो देशको भ्रष्टाचार अन्त्य गर्नुपर्छ, हामी हाम्रै पालामा यो देशमा सुशासन कायम गर्नुपर्छ,’ अर्यालले भने, ‘हाम्रा सन्तानलाई यो देशमा राजनीति गरेर, नेतृत्वमा पुगेर देशलाई अझ हामीले खनेको बाटोलाई अझ राम्रो बनाउने जिम्मेवारी सुम्पिनुपर्नेछ। यो देशलाई विकास गरेरै छाड्नुपनर्नेछ, भ्रष्टाचार अन्त्य गरेरै छाड्नुपर्नेछ, सुशासन कायम गरेरै छाड्नुपर्नेछ।
निजी क्षेत्रलाई प्रोत्साहन गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने अवस्था निर्माण गर्नुपर्ने तथा नेपाललाई बस्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने उनले बताए।
‘निजी क्षेत्रलाई उकास्न पर्नेछ, प्रोत्साहन गर्नुपर्नेछ। हामी हामी सबैका सन्तानलाई यो देशमा फिर्ता बोलाउनुपर्नेछ, यो देश बस्न लायक देश बनाउनैपर्नेछ, यो देश बस्न लायक देश नै हो। यो देश सुन्दर छ, संसारले यो देशलाई खोजी गर्ने गरेका छन्। यो देशमा संसारका नागरिकलाई आउने वातावरण बनाउनुपर्छ,’ उनले भने।
नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै उनले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, जानकी मन्दिर, पाथीभरा मन्दिरजस्ता गन्तव्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख केन्द्र बनाउन सक्ने उल्लेख गरे।
‘गौतमबुद्धको लुम्बिनीदेखि सगरमाथा, पशुपतिदेखि मुक्तिनाथ अनि जानकीमन्दिरदेखि सुदूरपश्चिमका रमणीय ठाउँहरू, सुदूर पूर्वका पाथीभरा लगायत हामीसँग भएका अथाहा सम्भावनालाई संसारभर चिनाउनुपर्नेछ,’ अर्यालले भने।
उनले देशको संविधानलाई समयानुकूल बनाउन आवश्यक सुधार र संशोधनका विषयमा पनि ठोस सुझाव दिन आग्रह गरे।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend