Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • दलहरुसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति


    बिहिबार, जेष्ठ १४ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्य राजनीतिक दलहरूसँग एकता तथा सहकार्यका सम्भावनाबारे छलफल गर्न वार्ता समिति गठन गरेको छ।

    पार्टीले केन्द्रीय सदस्यहरू रकम चेम्जोङ, रेणु यादव र डा। सुरेन्द्रकुमार झालाई वार्ता तथा संवादको जिम्मेवारी दिएको जनाएको छ।

    हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता सम्पन्न भइसकेको छ भने दुवै दलबीच संगठनात्मक समायोजनको प्रक्रिया अघि बढिरहेको छ। त्यसका लागि विभिन्न कार्यदल गठन गर्नुका साथै आन्तरिक छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको पार्टीले जनाएको छ।

    त्यसैगरी जसपा नेपालले जनमत पार्टीसँग पनि एकता सम्भावनाबारे निरन्तर संवाद गरिरहेको छ। पार्टीका केन्द्रीय सदस्य डा। सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ।

    उनका अनुसार एकतासम्बन्धी प्रारम्भिक छलफल शीर्ष नेतृत्व तहमा समेत भएको र अन्य तहका नेताबीच पनि संवाद जारी रहेको छ। दुवै पक्ष एकताप्रति सकारात्मक देखिएको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार