काठमाडौँ। मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्।
बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले यस्तो जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले अगामी मंगलबार मिथिला कमान्ड र भोजपुरा कमान्डको नेतृत्वमा शान्तीपूर्ण रुपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताए।
उनले पीडितहरू विगत १२ दिनदेखि आन्दोलनरत भएपनि राज्यपक्ष आफूहरूका मागप्रति राज्य गम्भीर नभएको आरोप लगाए।
उनले भने, ‘१२ दिनसम्म पनि पीडितहरूको कुरा सुनेका छैनन्। छलफलमा समेत मिटरब्याज धनीहरूले वास्ता गरेनन्। पीडितहरूको समस्या नसुनेको कारण अब हामी आन्दोलनलाई अगाडी बढाउँदैछौँ। हामीहरू यही जेठ १९ गतेको दिन मिथिला कमान्डको आयोजनामा धनुषा जिल्ला अदालत घेराउ गर्दैछौँ।’
उनले धनुषा जिल्ला अदालत घेराउका लागि मधेस प्रदेशभरबाट ८ देखि १० हजार पीडित सहभागी हुने बताए।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend