काठमाडौँ। सर्वोच्च अदालतले एक मुद्दामा विवाह गर्नका लागि इन्कार गर्दा आत्महत्या दुरूत्साहन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ।
न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले आत्महत्या दुरूत्साहन सम्बन्धी कैलालीको एक मुद्दामा यस्तो व्याख्या गरेको हो। यो फैसला २०८२ मंसिर २९ गते भएको थियो।
यसको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको हो।
यसरी सर्वोच्चले सार्वजनिक गरेको फैसलामा आत्महत्या दुरूत्साहन कसुरमा कुनै व्यक्तिले विवाह गर्न इन्कार गर्दैमा दुरूत्साहन गरेको भन्न नमिल्ने व्याख्या गरेको हो।
२०७७ असोज २ गते दिउँसो कैलाली घोडाघोडी नगरपालिका-५ सेउकलियास्थित फुलबारी सामुदायिक वनको रूखमा निर्मला पहराई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनलाई आत्महत्या दुरूत्साहन गरेको आरोप ललित जागरी र धना साउँदलाई लागेको थियो।
परिवारले ललित र धनाले मिलेर हत्या गरी झुण्ड्याएकोसम्मको आरोप लागाएको थियो। तर सर्वोच्च अदालतले भने विवाह गर्न इन्कार गर्दा दुरूत्साहन गरेको भन्दै निर्दोष मानिसलाई दोषी मान्न नहुने बताएको छ।
‘…प्रतिवादीहरूले मृतकलाई न त मर्न विवश तुल्याउने कार्य गरेको देखिन्छ न त सो कार्य गर्ने मनसायबाट अभिप्रेरित भई योजना गरेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘केबल अहिले विवाह गर्दिनँ भनी गरेको इन्कार तथा फेसबुक म्यासेन्जरमा भएको विवादलाई लिएर गरेको मृतकको आत्महत्यालाई आत्महत्या दुरूत्साहनको कार्य नामकरण गरी निर्दोष व्यक्तिलाई सजाय गर्ने हो भने फौजदारी न्यायमा विचलन र विकृत आउने अवस्था सिर्जना हुने हुँदा यतिसम्मको कुरालाई लिएर भएको आत्महत्यामा प्रतिवादीलाई दोषी करार गर्न मिल्ने हुँदैन।’ फैसलामा भनिएको छ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend