काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको आरोप लगाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारको निर्णय संविधान विपरीत रहेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, “शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्नेमा सरकारको अप्रत्याशित निर्णयले १९० दिन पनि पुग्न मुस्किल हुन्छ ।” स्थानीय तहले पहिल्यै शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा राजपत्रमा सूचना निकालेर केन्द्र सरकारले निर्णय गर्नु संविधानको अनुसूची–८ विपरीत भएको उनको भनाइ छ ।
महर्जनले आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी दिँदै उपत्यका मेयर्स फोरमको सचिवालयलाई अध्ययन गर्न जिम्मा दिएको बताए । अध्ययनपछि थप रणनीति तयार पारिने छ । बैठकले स्थानीय तहअन्तर्गतका वडा कार्यालय, अस्पताल तथा अन्य सार्वजनिक भवनहरूको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्न पनि सरकारसँग माग गरेको छ । देशका धेरै स्थानीय तहले सरकारको निर्णयका बाबजुद आइतबार विद्यालय सञ्चालन गरिरहेका छन् ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend