Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी एकताका लागि कुलमान घिसिङलाई हर्क साम्पाङको पत्र


    बिहिबार, जेष्ठ १४ २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा गरेका छन्।

    श्रम संस्कृति पार्टीको संसदीय दलका अध्यक्षसमेत रहेका राईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत पार्टी एकताका लागि बुधबार निम्ता गरेको जानकारी गरेका हुन्।

    साम्पाङले फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर बा.देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने????, यस्तो नि हुन्छरुरुरु मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।’

    यसअघि उनले पार्टीमा सुदन किराँतीको समूहलाई आफ्नो पार्टीमा मिलाइसकेका छन्।

    गत प्रतिनिधिसभा चुनावमा श्रम संस्कृति पार्टीले ७ सिट जित्दा उज्यालो नेपाल पार्टीले भने एउटा पनि जित्न सकेन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार