काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने नै दोहोरिने निश्चित जस्तै देखिएको छ । आगामी ७ देखि ९ असारसम्म चितवनमा हुने पहिलो महाधिवेशनबाट पनि वर्तमान सभापति रवि लामिछानेलाई नै निरन्तरता दिने तयारी रास्वपाभित्र भइरहेको छ ।
रास्वपाभित्रका नेताहरूले सार्वजनिक रूपमा नै लामिछानेको विकल्प तत्काल नदेखिएको टिप्पणी गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता वालेन्द्र शाह समूहले हालै मनोनीत भएका महामन्त्री भूपदेव साहलाई अध्यक्षको रुपमा चर्चामा ल्याएका छन् । तर, उनी चर्चामै सीमित हुने देखिएको छ ।
चार वर्षअघि स्थापना भएको रास्वपाले यो महाधिवेशनलाई आफ्नो संस्थागत संरचना औपचारिक रूपमा सुदृढ गर्ने अवसरका रूपमा लिएको छ ।
पार्टीले छोटो समयमै उल्लेखनीय राजनीतिक उपस्थिति बनाएको दाबी गर्दै नेताहरूले आगामी नेतृत्व पनि स्थायित्वकै दिशामा जाने संकेत गरेका छन् ।
महाधिवेशनको तयारीबारे बोल्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी नेतृत्वमा ठूलो परिवर्तनको सम्भावना नरहेको स्पष्ट संकेत गरेका छन्। उनले नेतृत्व र सरकारबीचको ‘सन्तुलन’ कायम गर्दै पार्टी अघि बढ्ने बताए ।
त्यसैगरी, संसदीय दलका उपनेता गणेश पराजुलीले पनि पार्टी एकताबद्ध रहेको दाबी गर्दै सभापति लामिछानेकै नेतृत्वमा महाधिवेशन अगाडि बढ्ने बताएका छन् ।
उनका अनुसार, महाधिवेशनले सबै निर्णय लोकतान्त्रिक प्रक्रियामार्फत टुंग्याउनेछ, तर तत्काल नेतृत्व परिवर्तनको एजेन्डा नरहेको स्पष्ट छ ।
रास्वपाका नेताहरूका अनुसार वरिष्ठ नेता बालेन्द्र शाहले पनि पार्टी नेतृत्व लामिछानेकै हातमा रहने संकेत गरेका छन र महाधिवेशनपछिको औपचारिक कार्यक्रमहरूमा सहभागी हुने तयारीमा छन् ।
रास्वपाले अहिले वडा र पालिका तहका अधिवेशनलाई तीव्रताका साथ अगाडि बढाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend