काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने नै दोहोरिने निश्चित जस्तै देखिएको छ । आगामी ७ देखि ९ असारसम्म चितवनमा हुने पहिलो महाधिवेशनबाट पनि वर्तमान सभापति रवि लामिछानेलाई नै निरन्तरता दिने तयारी रास्वपाभित्र भइरहेको छ ।
रास्वपाभित्रका नेताहरूले सार्वजनिक रूपमा नै लामिछानेको विकल्प तत्काल नदेखिएको टिप्पणी गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता वालेन्द्र शाह समूहले हालै मनोनीत भएका महामन्त्री भूपदेव साहलाई अध्यक्षको रुपमा चर्चामा ल्याएका छन् । तर, उनी चर्चामै सीमित हुने देखिएको छ ।
चार वर्षअघि स्थापना भएको रास्वपाले यो महाधिवेशनलाई आफ्नो संस्थागत संरचना औपचारिक रूपमा सुदृढ गर्ने अवसरका रूपमा लिएको छ ।
पार्टीले छोटो समयमै उल्लेखनीय राजनीतिक उपस्थिति बनाएको दाबी गर्दै नेताहरूले आगामी नेतृत्व पनि स्थायित्वकै दिशामा जाने संकेत गरेका छन् ।
महाधिवेशनको तयारीबारे बोल्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी नेतृत्वमा ठूलो परिवर्तनको सम्भावना नरहेको स्पष्ट संकेत गरेका छन्। उनले नेतृत्व र सरकारबीचको ‘सन्तुलन’ कायम गर्दै पार्टी अघि बढ्ने बताए ।
त्यसैगरी, संसदीय दलका उपनेता गणेश पराजुलीले पनि पार्टी एकताबद्ध रहेको दाबी गर्दै सभापति लामिछानेकै नेतृत्वमा महाधिवेशन अगाडि बढ्ने बताएका छन् ।
उनका अनुसार, महाधिवेशनले सबै निर्णय लोकतान्त्रिक प्रक्रियामार्फत टुंग्याउनेछ, तर तत्काल नेतृत्व परिवर्तनको एजेन्डा नरहेको स्पष्ट छ ।
रास्वपाका नेताहरूका अनुसार वरिष्ठ नेता बालेन्द्र शाहले पनि पार्टी नेतृत्व लामिछानेकै हातमा रहने संकेत गरेका छन र महाधिवेशनपछिको औपचारिक कार्यक्रमहरूमा सहभागी हुने तयारीमा छन् ।
रास्वपाले अहिले वडा र पालिका तहका अधिवेशनलाई तीव्रताका साथ अगाडि बढाएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend