काठमाडौँ। नेपाल प्रहरीका ११ जन कर्मचारी चैतदेखि गैरहाजिर भएका छन्।
प्रहरी प्रधान कार्यलयले सोमबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो।
गैरहाजिर हुने प्रहरीहरूमा प्रहरी सहायक हवलदार राम सकल रावत, ओमबहादुर चौधरी थारू, नरजंग वली छन्।
त्यस्तै प्रहरी जवान पुनम चन्द, हरी भुल, केशर कुँवर, सन्दीप कार्की, नवीन कोइराला, राहुलकुमार साह, राजकुमार गुरूङ र प्रहरी कार्यालय सहयोगी विशाल कुँवर छन्।
उनीहरू गत चैतको विभिन्न मितिदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनीहरुको खोजतलास गराउँदा तथा प्रहरी नियमावली बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
अन्यथा प्रहरी नियमावलीअनसार सेवाबाट हटाइने चेतावनी कार्यालयले दिएको छ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend