Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ‘नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ’


    बुधबार, चैत्र ११ २०७७
    600
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले उपाध्यक्ष भीम रावलले वर्तमान सरकार विदेशीले नेपाली भूभाग मिचेर नेपाली आमाको छातीमा लात्ती हान्दा पनि मौन रहेको भन्दै चर्को आलोचना गरेका छन् । 

    मंगलबार प्रतिनिधिसभाको पांचौं बैठकमा दार्चुलाको महाकाली नदी किनारमा भारतीयले जमिन मिच्दा सरकार मौन रहेको बिषय उठेको थियो । 

    यसैबीच, एमाले उपाध्यक्ष रावले सामाजिक सञ्जालमार्फत् देशको प्रधानमन्त्री पदको खेलमा रहँदा यस्तो स्थिति आएको बताएका छन्। 

    रावलले सत्ता र कुर्सीका सामु प्रधानमन्त्री ओलीले देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं रहस्यमय मौनता भन्दै आश्चर्य प्रकट गरेका हुन्। 

    उनले लेखेका छन्, ‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ। सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो-रहस्यमय मौनता !’

     

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार