काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले कमलकिशोर मालपानीको यशोदा फुड्स प्रालिद्वारा उत्पादित गुणस्तरहीन करेन्ट र लाली चाउचाउ फिर्ता गर्न आदेश दिएको छ ।
बिहीबार बिभागले नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड अनुसार नपाइएकाले करेन्ट चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभाग वा अन्तर्गतका निकायबाट बजार अनुगमन र गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएकोे खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा करेन्ट चाउचाउमा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप नपाइएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम उक्त व्याच नं. का सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ ।
साथै ती ब्याच नम्बरका चाउचाउ बिक्री वितरण नगर्न नगराउन समेत बिभागले आदेश दिएको छ । यशोदा फुड्स प्रालिका संचालक कमलकिशोर मालपानीले प्रधानमन्त्री वालेन्द्र शाहलाई गएको चुनाव प्रचारमा प्रयोग गर्न ७ करोडको ल्याण्डरोभर गाडी दिएका थिए । मालपानीको गाडी प्रयोग गरिएको बिषयमा बिवादमा परेपछि फिर्ता गर्न बाध्य भएका थिए ।

भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend