Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री वालेन्द्र शाहले आज संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने


    बुधबार, बैशाख ३० २०८३
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो ।

    बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यसपछि सांसदहरूले सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् ।

    संसद् सचिवालयका अनुसार बैठकमा सांसदहरूबाट दर्ता गरिएका संशोधन प्रस्तावहरू पनि प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले आजै दिने कार्यक्रम तय गरिएको छ ।

    गत सोमबार रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार