काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति र बरिष्ठ नेताको भेटवार्ता गराउन पनि मध्यस्थकर्ता नै चाहिने अवस्था विद्यमान देखिएको छ । सरकार संचालनमा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता प्रधानमन्त्री वालेन्द्र शाहबीच ट्युनिङ नमिलेका समाचारहरु आउनु र उनीहरुको भेटवार्ता गराउन मध्यस्थकर्ता नै आवश्यक हुनुलाई संयोगमात्र मान्न सकिन्न ।
यसैक्रममा वालेन्द्र शाहलाई रवि लामिछानेसँग भेट गराएर रास्वपामा आवद्ध गराएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले संवैधानिक परिषदको बैठकको पूर्वसन्ध्यामा उनीहरुबीच वार्ता गराउन पुलके भूमिका निभाएको स्रोतको दाबी छ ।
शाहकै मध्यस्थतामा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार र प्रधानमन्त्री कार्यालय सिंहदरबार छँदाछँदै २ जनाको भेटघाटको चाँजोपाँजो कमलपोखरीस्थित असिम शाहको निवासमा भएको छ ।
बुधबार साँझ भएको उक्त भेटवार्ता प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारेमा केन्द्रित रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको रोहबरमा भएको उक्त भेटवार्तामा सभापति लामिछानेले प्रधानन्यायाधीशमा रोलक्रम मिच्न नहुने सुझाव दिएका थिए ।
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक बिहीबार ५ बजे बोलाइएको छ । प्रधानमन्त्री कार्यालयमा बोलाइएको उक्त बैठकबाट नयाँ प्रधानन्यायाधीशको सिफारिस हुने बताइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भने बरिष्ठता मिचेर डा. मनोजकुमार शर्मा वा तिलप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सोचमा रहेको चर्चा भइरहेको छ ।
प्रधानन्यायाधीशमा रोलक्रम मिच्न खोजेको आशंकामा संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक फिर्ता गरिदिएका थिए । तर प्रधानमन्त्री शाहले पुनः अध्यादेश पठाएपछि राष्ट्रपति पौडेलले बाध्यात्मक रुपमा जारी गरेका थिए । जुन अध्यादेशमा संवैधानिक परिषदमा ६ जना हुने भएतापनि ३ जनाको बहुमत हुने अनौठो प्रावधान राखिएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend