Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्तिपुरमा युवकको हत्यामा संलग्न तीन जना पक्राउ


    बुधबार, बैशाख २३ २०८३
    420
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कीर्तिपुरमा आज दिनदाहाडै धारिलो हतियार प्रहार गरी युवकको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।

    बुधबार दिउँसो धारिलो हतियार प्रहार गरी गुल्मीको धुरकोटका विपिन घिमिरेको हत्या गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

    बुधबार दिउँसो सवा २ बजेतिर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।

    हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरू विपिनको चिनजानकै रहेको भट्टराईले बताए। उनीहरू यसअघि पनि पक्राउ परेर छुटेको अभिलेख प्रहरीले फेला पारेको छ।

    पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-९, हनुमान घाटका २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका-३ घर भई हाल कीर्तिपुर नगरपालिका-२ ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका-४ घर भई कीर्तिपुर-१० पाँगादोबाटो बस्ने २३ वर्षीय रविन धामी रहेका छन्।

    मृतक २४ वर्षीय घिमिरे पनि कीर्तिपुर-३ मा बस्दै आएका थिए। साथीसाथी बीचमा विवाद हुँदा धारिलो हतियार प्रहार भएको एसपी भट्टराईले बताए। प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार