Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीबाट १४८ किलो गाँजा लोड गरिएको एम्बुलेन्ससहित २ जना पक्राउ


    बुधबार, बैशाख २३ २०८३
    345
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले सुनसरीको बराह क्षेत्रबाट गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्राउ परेका छन् ।

    बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदाम पक्राउ परेको हो । हाल दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार