काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको कडा आलोचना गर्दै नैतिकताको आधारमा तत्काल राजीनामा दिन माग गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै ‘गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य समाप्त भइसकेको’ बताएका छन् ।
उनले लेखेका छन्–‘बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकियो ।’
साम्पाङले पछिल्ला कदमलाई ‘राज्य आतंक’को संज्ञा दिँदै त्यसले सर्वसाधारणलाई बेघर र बासविहीन बनाएको आरोप लगाए । यस्तो परिस्थितिमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्दै पद छाड्नुपर्ने उनको भनाइ छ ।
‘राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाइएको छ, त्यसैले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ’ उनले उल्लेख गरेका छन् । साथै, आफूले पहिले दिएको सुझाव नमान्दा वर्तमान अवस्था आएको दाबीसमेत गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend