काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको कडा आलोचना गर्दै नैतिकताको आधारमा तत्काल राजीनामा दिन माग गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै ‘गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य समाप्त भइसकेको’ बताएका छन् ।
उनले लेखेका छन्–‘बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकियो ।’
साम्पाङले पछिल्ला कदमलाई ‘राज्य आतंक’को संज्ञा दिँदै त्यसले सर्वसाधारणलाई बेघर र बासविहीन बनाएको आरोप लगाए । यस्तो परिस्थितिमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्दै पद छाड्नुपर्ने उनको भनाइ छ ।
‘राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाइएको छ, त्यसैले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ’ उनले उल्लेख गरेका छन् । साथै, आफूले पहिले दिएको सुझाव नमान्दा वर्तमान अवस्था आएको दाबीसमेत गरेका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend