काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका छन्।
मन्त्री स्तरीय निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका क्रममा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालयको समायोजन तथा आवश्यक समन्वय प्रभावकारी बनाउन सम्बन्धित निकायलाई विभिन्न निर्देशन तथा अनुरोध गरेको हो।
केन्द्रले बस्ती हटाउने वा स्थानान्तरण गर्ने प्रक्रियाबाट प्रभावित विद्यार्थीलाई नजिक तथा पायक पर्ने विद्यालयमा अध्ययनको व्यवस्था मिलाउन सबै स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरेको छ।
विशेष गरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग उपलब्ध गराउन तथा विद्यालय नै प्रभावित भएका स्थानमा वैकल्पिक शैक्षिक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
यसैगरी, प्रभावित बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित गुनासा, समस्या वा सुझाव भए सम्बन्धित स्थानीय तहमार्फत केन्द्रमा जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ।
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend