Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • रंगशालामा नाम दर्ता गराउनेको संख्या ४३२ पुग्यो


    आइतबार, बैशाख १३ २०८३
    475
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। बस्तीमा डोजर चलाइएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलन कार्यक्रममा अहिलेसम्म ४३२ परिवारले विवरण दर्ता गराएका छन्। यो साँझ ५ बजेसम्मको विवरण हो।

    प्रधानमन्त्री बालेन शाहले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू अहिले धमाधम सम्पर्कमा आउन थालेका छन्।

    शनिबार बिहानैबाट सुकुम्बासी बस्ती खाली गर्न प्रहरीले माइकिङ गरेपछि उनीहरू डर र अन्यौलका कारण सामानसहित विभिन्न ठाउँमा सरेका थिए। अहिले उनीहरू पनि सुकुम्बासीका रूपमा विवरण टिपाउन रंगशाला आइरहेका छन्।

    आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ।त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।

    अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्।

    रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।

    अहिले यहाँ शनिबारको तुलनामा भिडभाड एकदमै बढेको छ।अहिलेसम्म विवरण टिपाएकामध्ये कुन परिवार कुन बस्तीबाट आएको भनेर छुट्टयाएर हेर्न बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार