काठमाडौँ। बस्तीमा डोजर चलाइएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलन कार्यक्रममा अहिलेसम्म ४३२ परिवारले विवरण दर्ता गराएका छन्। यो साँझ ५ बजेसम्मको विवरण हो।
प्रधानमन्त्री बालेन शाहले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू अहिले धमाधम सम्पर्कमा आउन थालेका छन्।
शनिबार बिहानैबाट सुकुम्बासी बस्ती खाली गर्न प्रहरीले माइकिङ गरेपछि उनीहरू डर र अन्यौलका कारण सामानसहित विभिन्न ठाउँमा सरेका थिए। अहिले उनीहरू पनि सुकुम्बासीका रूपमा विवरण टिपाउन रंगशाला आइरहेका छन्।
आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ।त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्।
रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।
अहिले यहाँ शनिबारको तुलनामा भिडभाड एकदमै बढेको छ।अहिलेसम्म विवरण टिपाएकामध्ये कुन परिवार कुन बस्तीबाट आएको भनेर छुट्टयाएर हेर्न बाँकी छ।
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ...
काठमाडौँ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र ९एयरस्पेस०को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend