काठमाडौं । सशस्त्र प्रहरी बलका ६ एसएसपी डीआईजी बढुवा सिफारिसमा परेका छन् । शुक्रबार राति बसेको बढुवा समितिको बैठकले एसएसपीहरू दिग्विजय सुवेदी, नेत्र कार्की राजेश उप्रेती, माधव पौडेल, किरण बस्नेत र प्रविन कँडेललाई डिआईजीमा बढुवा सिफारिस गरेको छ ।
त्यसैगरी, बढुवा समिति शुक्रबार राति नै सशस्त्र प्रहरी बल नेपालका ७ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । एसएसपी बढुवा सिफारिसमा परेका एसपीहरुमा दिपककुमार थापा, सुधिर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की छन् ।
२३ महिना जुनियर २ एसएसपी डीआईजी बढुवा सिफारिस
२३ महिना सिनियर तीनजनालाई छुटाएर जुनियर एसएसपीद्वय राजेश उप्रेती र नेत्र कार्की डीआईजी बढुवा सिफारिस भएका छन् । डीआईजी बढुवा सिफारिसमा सिनियर ब्याचका कमल तिउसिना, भूपेन्द्र केसी र निरकृष्ण अधिकारी छुटाइएका छन् । मेरिटका आधारमा बढुवा गर्ने, काखापाखा नगर्ने दाबी गर्दैआएको रास्वपा सरकारले गरेको पहिलो बढुवामै २३ महिना जुनियर एसएसपी सिफारिस गरिएको छ । यसले रास्वपा पनि मेरिटका आधारमा होइन, नेताहरुसँगको पहुँचका आधारमा बढुवा गर्छ भन्ने सन्देश गएको छ ।
एसएसपी नेत्र कार्की नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीका नजिकका नाताभित्रका पर्ने पर्दछन् । सुशीला कार्कीले २३ महिना जुनियर कार्कीलाई बढुवा गर्न दबाब दिंदा अन्याय हुन्छ भनेर रोकिएको थियो । तर कार्कीले अहिले पनि भिटो लगाएर २३ महिना जुनियर भए पनि सिनियरलाई पछि पार्दै डीआईजी बढुवामा परेका छन् ।
एसएसपी उप्रेती रास्वपाका नेता मनिष झाका क्लासमेट र धनुषामा एसपी हुँदा उनका मानिसको नाम सामान बरामद गर्दा सूचकमा राखेर लाभ पुर्याइदिएबापत २३ महिना जुनियर भए पनि तेस्रो नम्बरमा पर्न सफल भएको चर्चा हुने गरेको छ ।
कार्यबिधि बिपरीत नेताकोमा धाउनेहरु बढुवा, संगठनमा अनुशासनहीनता झन् बढ्यो
एसएसपीद्वय उप्रेती र कार्की संगठनको चेन अफ कमाण्ड नै उल्लंघन गर्दै सिंहदरबार गएको र शक्तिकेन्द्रमार्फत् डीआईजी बढुवामा चलखेल गरेको समाचार केही समयपहिले नै मिडियामा भएको थियो ।
सिंहदरबारभित्र उनीहरुको प्रवेश र भेटघाटलाई लिएर सशस्त्र प्रहरी बलभित्रै गम्भीर प्रश्न उठ्नेगरी घटनाक्रम सार्वजनिक भएको थियो ।
सशस्त्र प्रहरी बलभित्र बाह्य व्यक्तिसँग भेटघाट गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने स्पष्ट कार्यविधि छ । उक्त कार्यविधिबिपरीत उप्रेती र कार्कीले राजनीतिक नेताहरुसँग भेटघाट गरी डीआईजी बढुवा रोकाएका थिए । कुनै पनि कर्मचारीले बाह्य व्यक्तिसँग भेट गर्नुअघि सम्बन्धित विवरण, उद्देश्य र समय खुलाएर स्वीकृति लिनुपर्ने हुन्छ । तर, पछिल्लो समय केही अधिकारीहरूले यही कार्यविधिलाई बेवास्ता गर्दै सिंहदरबारभित्रै प्रवेश गरी बाह्य व्यक्तिसँग गोप्य भेटघाट गर्ने गरेको सूचना पाएपछि हल्चोक चनाखो बनेको थियो ।
एसएसपी राजेश उप्रेती बिगतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटता देखाएर लिनुसम्म अवसर लिएका र अकूत सम्पत्ति आर्जन गर्नेभित्र पर्दछन् । ओलीको पालामा झापा घर हुने र लाभ लिनेमध्ये उप्रेती अग्रपंक्तिमा पर्दछन् । रास्वपा सरकारमा पनि उनी नेता मनिष झाको प्रियपात्र भएर २३ महिना जुनियर भए पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
यसैबीच, गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठले एक विवादित एसपीलाई कारबाहीबाट जोगाएको आरोप छ । काठमाडौं उपत्यकाका डीआईजी सुुरेश श्रेष्ठले निलम्बनका लागि सिफारिस गरेका सशस्त्रका एसपी दर्शन गिरीलाई गृहसचिव श्रेष्ठले नेकपाका संयोजक पुष्पकमल दाहालको दबाबमा कारबाही नगरेको स्रोत बताउँछ ।
धनुषा बस्दा तत्कालीन मधेश प्रदेश छिन्नमस्ता बाहिनीका बाहिनीपति (डीआईजी) कालीदास धौबजीका बिरुद्ध फौजी अनुशासन तोडेर मिडियाबाजी गरेको, रसुवा लगायत जुन ठाउँमा कार्यरत रहँदा पनि आर्थिक अनियमिततामा मुछिएका गिरीमाथि निलम्बनसम्मकै कारबाही गर्न सिफारिस गरिए पनि सचिव श्रेष्ठले उन्मुक्ति दिएका छन् । गिरी हाल लुम्बिनी प्रदेश अन्तर्गत कार्यरत छन् ।
एसपी गिरी सशस्त्र प्रहरीमा आकर्षक गणमा बसी अकूत आर्जन गरेर ललितपुरको भैंसेपाटीमा आलिसान बंगला र जग्गा जमिन जोडेका छन् । रास्वपाको सरकारले गिरीजस्तालाई अकूत सम्पत्तिमा छानबिन गर्ला कि नगर्ला ? भन्ने प्रश्न उठेको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend