काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभएका कारण अनुसन्धानमा ठूलो समस्या भएको गुनासो गरेका छन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता लोकप्रिय प्लेटफर्महरू विदेशबाट सञ्चालन हुने भएकाले आवश्यक विवरण र प्रमाण प्राप्त गर्न निकै समय लाग्ने बताए ।
उनले भने, ‘माइनर मिसिङ र सुसाइडका घटनामा २४ घण्टाभित्रै सूचना आउँछ, तर अन्य केसमा एक हप्ता वा त्यसभन्दा बढी समय लाग्छ । नेपालमा यी प्लेटफर्म दर्ता नभएको र हाम्रो नेटवर्क नभएका कारण अनुसन्धान प्रक्रिया प्रभावित भएको छ । कानुनी व्यवस्था गर्न नसक्दा व्यक्तिगत सम्बन्धको भरमा मात्र विवरण लिनुपर्ने अवस्था छ ।’
आईजीपी कार्कीले इन्टरनेट र मोबाइल प्रयोग बढेसँगै साइबर अपराध पनि उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार महिला र युवाहरू बढी प्रभावित छन् । हाल ४ हजारभन्दा बढी फेक अकाउन्टबाट घृणा फैलाउने, ३ हजारभन्दा बढी बुलिङ तथा ह्यारेसमेन्ट र १० हजारभन्दा बढी वित्तीय अपराध (अनलाइन ठगी, एकाउन्ट ह्याकिङ) सम्बन्धी उजुरी प्रहरीमा परेका छन् ।
नेपालमा टिकटक, भाइबर, निम्बस, वीटक र कपोकोलाइभ मात्र आधिकारिक रूपमा दर्ता छन् । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स, युट्युब लगायतका प्लेटफर्मबाट भने सहज रूपमा विवरण वा टेकडाउन सहयोग नआउने समस्या रहेको उनले बताए ।
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend