Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ 


    मंगलबार, बैशाख ८ २०८३
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्।

    इमाडोलमा रहेको उक्त सहकारीका अध्यक्ष पाठकलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

    उनकाअनुसार अहिलेसम्म गतिशील सहकारीको चार करोड रुपैयाँ भन्दा बढी रकमको ठगेको आरोप छ।

    ‘अहिलेसम्म आएको जाहेरीको आधारमा उक्त रकम बिगो कायम भएको हो। अझै पनि पीडितहरू थपिँदैछन्। त्यसकारण बिगो पनि थपिन्छ,’ उनले भने।

    यस सहकारीको बचत रकम अपचलन कसुरमा अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार