CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारले संघीय निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने र अवकाशको उमेर हाल कायम रहेको ५८ बर्षबाट घटाएर ५५ बर्ष कायम गर्ने चर्चा–परिचर्चा भइरहेको छ ।
नेपालीको औषत आयु ६२ बर्ष हुँदा निजामती सेवा ऐन, २०४८ लागू भएको थियो । तर २०८२ सम्म आइपुगदा नेपालीको औषत आयु ७२ बर्ष पुगिसकेको अवस्थामा अवकाशको उमेरहद ६० बर्ष पुर्याउनुपर्ने बिषयमा अघिल्लो संसदको राज्यब्यवस्था तथा सुशासन समितिमा लगभग सहमति भएको थियो । आर्थिक ब्ययभार र पेन्सनको भार कम गर्न पनि राज्यले निजामती कर्मचारीको उमेर हद ५८ बर्षबाट ६० बर्ष पुर्याउनुपर्ने बिषयमा सहमति भइसकेको अवस्थामा कुलिङ पिरियडको विवादले ऐन पास हुन सकेन ।
योजना आयोगको सदस्यसमेत भइसकेका नेपाल सरकारका पूर्वसचिव डा. रमेशप्रसाद सिंहले छिमेकी देशमा पनि निजामती कर्मचारीको उमेर हद औषत उमेरसँग मिल्दोजुल्दो रहेकाले त्यसलाई समेत मध्यनजर गरी दीर्घकालीन हितलाई हेरेर निजामती सेवा ऐन ल्याउनुपर्ने सुझाव सरकारलाई दिएका छन् । नेपालमा निजामती सेवाको अवकाश उमेर ५८ बर्ष रहेको छ, जुन दक्षिण एसिया तथा विश्वका धेरै देशहरूको तुलनामा न्यून रहेको उनको तर्क छ ।
सिंहको सुझाव छ–‘अन्तर्राष्ट्रिय अभ्यास, जनसांख्यिकीय संरचना तथा आर्थिक क्षमताको समुचित विश्लेषण गरी अवकाश उमेर घटाउनेभन्दा वैज्ञानिक आधारमा चरणबद्ध रूपमा बृद्धि गर्ने विषयमा सरकारले गम्भीरतापूर्वक विचार गर्नु आवश्यक देखिन्छ । साथै, यस विषयमा सार्वजनिक बहस र सञ्चारमाध्यममा प्रस्तुत हुने धारणा पनि तथ्यमा आधारित र जिम्मेवार हुन आवश्यक छ ।’
सहरी विकास मन्त्रालयबाट अवकाश पाएका सचिव सिंहले सामाजिक संजालमा दिएको सुझावमा उल्लेख छ–‘नेपालमा हाल निजामती सेवाको अवकाश उमेर ५८ बर्ष रहेको छ, जुन दक्षिण एसिया तथा विश्वका धेरै देशहरूको तुलनामा न्यून रहेको देखिन्छ । उदाहरणका लागि हाम्रै छिमेकी देश भारतमा ६० बर्ष, बंगलादेशमा ५९–६० बर्ष र पाकिस्तानमा ६० बर्ष रहेको छ ।
त्यसैगरी, बेलायतमा ६६ बर्ष (क्रमशः ६७ वर्षतर्फ वृद्धि हुँदै), अमेरिकामा ६५–६७ बर्ष, जर्मनीमा ६५–६७ बर्ष, फ्रान्समा करिब ६४ वर्ष, जापानमा ६५ वर्ष र दक्षिण कोरियामा ६०–६५ बर्षसम्म अवकाश उमेर कायम गरिएको छ ।
साथै, धेरै बिकसित देशहरूमा औसत आयु ७५–८५ बर्षको बीचमा रहेको सन्दर्भमा अवकाश उमेर पनि ६५ बर्ष वा सोभन्दा माथि निर्धारण गरिएको पाइन्छ ।
यस पृष्ठभूमिमा, नेपालमा औसत आयु करिब ७१–७३ बर्ष पुगेको, अनुभवयुक्त जनशक्तिको उपयोगिता उच्च रहेको तथा सामाजिक सुरक्षा दायित्व बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै अवकाश उमेर पुनरावलोकन गर्नु सान्दर्भिक देखिन्छ ।
तसर्थ, अन्तर्राष्ट्रिय अभ्यास, जनसांख्यिकीय संरचना तथा आर्थिक क्षमताको समुचित विश्लेषण गरी अवकाश उमेर घटाउनेभन्दा वैज्ञानिक आधारमा चरणबद्ध रूपमा बृद्धि गर्ने विषयमा सरकारले गम्भीरतापूर्वक विचार गर्नु आवश्यक देखिन्छ । साथै, यस विषयमा सार्वजनिक बहस र सञ्चारमाध्यममा प्रस्तुत हुने धारणा पनि तथ्यमा आधारित र जिम्मेवार हुन आवश्यक छ ।’
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend