Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • अमेरिकी सर्त मान्न इरान तयार भएन, वार्ता असफल


    आइतबार, चैत्र २९ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । इस्लामवादमा जारी इरान–अमेरिका वार्ता असफल भएको छ । वार्ता असफल भएपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले पाकिस्तान छाडेका छन् ।

    पाकिस्तानको मध्यस्थतामा इरानसँग २१ घण्टासम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि उनी आइतबार बिहान आफ्नो वार्ताटोलीसहित इस्लामावादबाट बाहिरिएका हुन् ।

    अमेरिका फर्कनुअघि भान्सले इस्लामाबादमा पत्रकार सम्मेलन गरी इरानसँग सहमति हुन नसकेको जानकारी गराएका थिए । भान्सले भनेका थिए, ‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो । अब हामी सम्झौताबिनै फर्किंदैछौँ ।’

    उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताए । उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ ।’
    इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनानिष्कर्ष समाप्त भएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार