काठमाडौं । २०४६ सालको परिवर्तनपछि सरकारका उच्च ओहदामा कार्यरत राजनीतिकदेखि प्रशासनिक पदाधिकारीको सम्पत्ति छानबिन आयोग बनाउने घोषणा गरेको सरकारले हतार हतार नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको छ ।
देउवा दम्पत्ति हङकङमा रहेको बेला यता सरकारले सम्पत्ति शुद्धीकरणको आरोपमा छानबिन गर्न पक्राउ पूर्जी जारी गरेको छ । एकातिर सरकारले देउवा दम्पत्तिलाई पक्राउ पूर्जी जारी गरेको छ भने अर्कोतिर रास्वपाबाटै सभामुख भएका डोलप्रसाद अर्यालकै सम्पत्ति विवरणबारे प्रश्न उठेको छ ।
उपसभामुख अर्यालले सार्वजनिक गरेको सम्पत्ति बिबरणमा काठमाडौं र भक्तपुरसमेत १२ स्थानमा जग्गा, काठमाडौंमा घर, १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको उल्लेख छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शनिबार पार्टीको एक कार्यक्रमा बोल्दै भनेका छन्–‘नयाँ भनिने अभियानको नेतृत्वकर्ता सभामुखले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि धेरैलाई पत्याउन गाह्रो भएको छ । पोखरेलले अहिलेका सुशासनको नेतृत्व गर्ने भन्ने मन्त्रीहलाई भनेका छन्–‘सबैभन्दा पहिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोस् । त्यो सम्पत्ति विवरणको वैधानिकता परीक्षण गर्नुहोस् ।
तपाईँहरूले कहाँबाट आय आर्जन गर्नुभयो, त्यसका लागि राज्यलाई तिर्नुपर्ने कर तिर्नुभएको छ कि छैन, कर तिर्नुभएको छैन भने त्यसलाई शुद्धीकरणको बाटोमा लैजाने खालको काम गर्नुहोस् । त्यसपछाडि मात्रै तपाईँहरूले समग्र राज्यलाई शुद्धीकरणको बाटोमा लैजान सक्नुहुन्छ ।’
महासचिव पोखरेलले सरकार राजनीतिक पूर्वाग्रह, प्रतिशोध र लोकतान्त्रिक मूल्य विपरीत चलिरहेको समेत आरोप लगाए ।
रास्वपाको बाचापत्रमा पद सम्हाल्नुअघि सम्पत्ति बिबरण सार्वजनिक गर्ने उल्लेख छ । तर सरकार गठन भएको १६ दिन बितिसक्दा पनि प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend