काठमाडौं । २०४६ सालको परिवर्तनपछि सरकारका उच्च ओहदामा कार्यरत राजनीतिकदेखि प्रशासनिक पदाधिकारीको सम्पत्ति छानबिन आयोग बनाउने घोषणा गरेको सरकारले हतार हतार नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको छ ।
देउवा दम्पत्ति हङकङमा रहेको बेला यता सरकारले सम्पत्ति शुद्धीकरणको आरोपमा छानबिन गर्न पक्राउ पूर्जी जारी गरेको छ । एकातिर सरकारले देउवा दम्पत्तिलाई पक्राउ पूर्जी जारी गरेको छ भने अर्कोतिर रास्वपाबाटै सभामुख भएका डोलप्रसाद अर्यालकै सम्पत्ति विवरणबारे प्रश्न उठेको छ ।
उपसभामुख अर्यालले सार्वजनिक गरेको सम्पत्ति बिबरणमा काठमाडौं र भक्तपुरसमेत १२ स्थानमा जग्गा, काठमाडौंमा घर, १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको उल्लेख छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शनिबार पार्टीको एक कार्यक्रमा बोल्दै भनेका छन्–‘नयाँ भनिने अभियानको नेतृत्वकर्ता सभामुखले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि धेरैलाई पत्याउन गाह्रो भएको छ । पोखरेलले अहिलेका सुशासनको नेतृत्व गर्ने भन्ने मन्त्रीहलाई भनेका छन्–‘सबैभन्दा पहिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोस् । त्यो सम्पत्ति विवरणको वैधानिकता परीक्षण गर्नुहोस् ।
तपाईँहरूले कहाँबाट आय आर्जन गर्नुभयो, त्यसका लागि राज्यलाई तिर्नुपर्ने कर तिर्नुभएको छ कि छैन, कर तिर्नुभएको छैन भने त्यसलाई शुद्धीकरणको बाटोमा लैजाने खालको काम गर्नुहोस् । त्यसपछाडि मात्रै तपाईँहरूले समग्र राज्यलाई शुद्धीकरणको बाटोमा लैजान सक्नुहुन्छ ।’
महासचिव पोखरेलले सरकार राजनीतिक पूर्वाग्रह, प्रतिशोध र लोकतान्त्रिक मूल्य विपरीत चलिरहेको समेत आरोप लगाए ।
रास्वपाको बाचापत्रमा पद सम्हाल्नुअघि सम्पत्ति बिबरण सार्वजनिक गर्ने उल्लेख छ । तर सरकार गठन भएको १६ दिन बितिसक्दा पनि प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend