काठमाडौं । नेपाली कांग्रेसका नेता मनिषकुमार मिश्रले दीपककुमार साहलाई प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीबाट नहटाएको दाबी गरेका छन् ।
साहलाई मन्त्रीबाट हटाएर वालेनलाई कमजोर गरिएको उनको भनाइ छ । उनले दीपकलाई मन्त्रीबाट हटाउनुलाई साहुजीद्वारा साहुजीको हत्याको संज्ञा दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा दीपकले न्वारनदेखि बल लगाएर काम गरिरहँदा पनि सामाजिक संजालमा अनावसनाब प्रचार गरिएकै भरमा हटाएकोमा उनले असन्तुष्टि प्रकट गरेका छन् ।
कारबाही गर्नु छ भने विनाप्रमाण अनाहकमा मानिस पक्राउ गरी मानवअधिकारको हनन गर्ने गृहमन्त्री सुधन गुरुङलाई गर । एक दिन पनि नटिक्ने अर्थहीन निर्णय गर्ने शिक्षामन्त्री सस्मित पोखरेललाई गरेर देखाऊ । सरकारको नीतिबिपरीत दूताबासको कार्यक्रममा सहभागी हुने अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कारबाही गर्न मिश्रले रास्वपा सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् ।
यी तीन मन्त्रीलाई कारबाही गर्नसक्छौ ? बालेन साहको नाममा मधेशको मत लुटेको तर साहलाई नै बलिको बोको बनाएको भन्दै रास्वपा सभापति लामिछानेलाई लक्षित गरी उनले लेखेका छन्–‘ बालेनको नाम देखाएर ९९ प्रतिशत साहुजीको भोट लिने तर एउटा साहुजी मन्त्री हुँदा नपच्ने ? साहुजीको नाममा लुट्नु लुट्यौ ? अब सम्भव छैन ।’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend