Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


    मंगलबार, चैत्र २४ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अघिल्लो सरकारले नियुक्त गरेका ६ देशका राजदूतलाई वर्तमान सरकारले फिर्ता बोलाएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    भारतका लागि नेपालका राजदूत डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका राजदूत कपिल श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार