काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले ब्यवसायी दीपक भट्टको छानबिन गरी मुद्दा दायर गर्ने तयारी गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई नियन्त्रणमा लिइसकेको छ । भट्ट लगत्तै सम्पत्ति शुद्धीकरणको पत्र अर्का ब्यवसायी अजयराज सुमार्गीलाई समेत थमाइएको विश्वस्त स्रोत बताउँछ ।
अजयराज पराजुली सुमार्गीको महालक्ष्मी विकास बैंक, महालक्ष्मी फाइनान्स मिडिया र घरजग्गा ब्यवसायमा पनि लगानी छ । सिद्धार्थ फाइनान्स लिमिटेड, महालक्ष्मी फाइनान्स र मालिका विकास बैंकबीच मर्जर भएर महालक्ष्मी विकास बैंक स्थापना भएको थियो । २०७४ मा महालक्ष्मी विकास बैंक र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको यति डेभलपमेन्ट बैंक मर्ज भएका थिए ।
सुमार्गीले २०७६ सालमा बिशालनगरमा रहेको करिब ८ रोपनी जग्गा नेपाल बंगलादेश बैंकलाई करिव ९५ करोड रुपैयाँमा बिक्री गरेका थिए । बंगलादेश बैंकले २०७७ चैतको अन्तिम साता केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित उक्त जग्गा खरिद गरेको थियो । बजारमूल्य अनुसार प्रतिआना ५५ देखि ६० लाख पर्ने उक्त जग्गालाई ७८ लाख आनामा खरिद गरिएका कारण २४ करोड भन्दा बढी अनियमितता भएको भन्दै राष्ट्रबैंकमा उजुरी परेको थियो ।
सुमार्गीले प्रतिआना ६० लाखमा उक्त जग्गा दिए पनि ७८ लाखमा कारोबार भएको देखाउँदा करोडौं कमिसनको खेल भएको प्रष्ट देखिएको भन्दै बैंकका एक संचालकले बोर्डमै कुरा उठाएका थिए । सुमार्गीले फ्रान्सका राजदूतको निजी निवास रहेको घरसहितको १९ रोपनी १२ आना जग्गा २०७१ सालमा ६३ करोड रुपैयाँमा खरिद गरेका थिए । ४ वर्षपछि २०७६ मा ४ गुणा बढी मूल्य लिएर प्रतिआना ७८ लाख रुपैयाँका दरले बिक्री गरेका थिए ।
बजारमूल्य अनुसार प्रति आना ६० लाख पर्ने उक्त जग्गालाई प्रति आना ७८ लाख ४० हजार रुपैयाँ खरिद गरेर झण्डै २२ करोड रुपैया घोटला गरिएको भन्दै बैंककै सञ्चालकहरुले राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सञ्चालक समितिका अध्यक्ष र बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) विरुद्ध उजुरी हालेका थिए । अध्यक्ष बंगलादेशी नागरिक जलाल अहमद र तत्कालीन सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले जग्गा खरिदका लागि सञ्चालक समितिबाट निर्णय गराउन खोज्दा केही सञ्चालकहरुले नोट अफ डिसेन्ट लेखी विरोध गरेका थिए ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend