काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले ब्यवसायी दीपक भट्टको छानबिन गरी मुद्दा दायर गर्ने तयारी गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई नियन्त्रणमा लिइसकेको छ । भट्ट लगत्तै सम्पत्ति शुद्धीकरणको पत्र अर्का ब्यवसायी अजयराज सुमार्गीलाई समेत थमाइएको विश्वस्त स्रोत बताउँछ ।
अजयराज पराजुली सुमार्गीको महालक्ष्मी विकास बैंक, महालक्ष्मी फाइनान्स मिडिया र घरजग्गा ब्यवसायमा पनि लगानी छ । सिद्धार्थ फाइनान्स लिमिटेड, महालक्ष्मी फाइनान्स र मालिका विकास बैंकबीच मर्जर भएर महालक्ष्मी विकास बैंक स्थापना भएको थियो । २०७४ मा महालक्ष्मी विकास बैंक र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको यति डेभलपमेन्ट बैंक मर्ज भएका थिए ।
सुमार्गीले २०७६ सालमा बिशालनगरमा रहेको करिब ८ रोपनी जग्गा नेपाल बंगलादेश बैंकलाई करिव ९५ करोड रुपैयाँमा बिक्री गरेका थिए । बंगलादेश बैंकले २०७७ चैतको अन्तिम साता केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित उक्त जग्गा खरिद गरेको थियो । बजारमूल्य अनुसार प्रतिआना ५५ देखि ६० लाख पर्ने उक्त जग्गालाई ७८ लाख आनामा खरिद गरिएका कारण २४ करोड भन्दा बढी अनियमितता भएको भन्दै राष्ट्रबैंकमा उजुरी परेको थियो ।
सुमार्गीले प्रतिआना ६० लाखमा उक्त जग्गा दिए पनि ७८ लाखमा कारोबार भएको देखाउँदा करोडौं कमिसनको खेल भएको प्रष्ट देखिएको भन्दै बैंकका एक संचालकले बोर्डमै कुरा उठाएका थिए । सुमार्गीले फ्रान्सका राजदूतको निजी निवास रहेको घरसहितको १९ रोपनी १२ आना जग्गा २०७१ सालमा ६३ करोड रुपैयाँमा खरिद गरेका थिए । ४ वर्षपछि २०७६ मा ४ गुणा बढी मूल्य लिएर प्रतिआना ७८ लाख रुपैयाँका दरले बिक्री गरेका थिए ।
बजारमूल्य अनुसार प्रति आना ६० लाख पर्ने उक्त जग्गालाई प्रति आना ७८ लाख ४० हजार रुपैयाँ खरिद गरेर झण्डै २२ करोड रुपैया घोटला गरिएको भन्दै बैंककै सञ्चालकहरुले राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सञ्चालक समितिका अध्यक्ष र बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) विरुद्ध उजुरी हालेका थिए । अध्यक्ष बंगलादेशी नागरिक जलाल अहमद र तत्कालीन सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले जग्गा खरिदका लागि सञ्चालक समितिबाट निर्णय गराउन खोज्दा केही सञ्चालकहरुले नोट अफ डिसेन्ट लेखी विरोध गरेका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend