काठमाडौं । वालेन्द्र शाह नेतृत्त्वको सरकार गठनपछि स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता–कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिलाई दबाब दिने, धम्क्याउने र तर्साउन थालेका छन् । जसका कारण जनप्रतिनिधिहरु असुरक्षित महसुस गर्न थालेका छन् ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले रास्वपाको नाममा वडाध्यक्षहरुलाई धम्की दिने, कानुनबिपरीतका काम गर्न दबाब दिने गर्दा वडाध्यक्षहरु असुरक्षित महसुस गर्न थालेको खुलासा गरेका छन् ।
मेयर पौडेलले सामाजिक संजालमै वडाध्यक्षहरुले असुरक्षित महसुस गरेको डरलाग्दो खुलासा गरेका छन् । उनले वडाध्यक्षहरुलाई वडामा बसेर सुरक्षित साथ काम गर्ने वातावरण बनाउन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष माग गरेका छन् ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिका एक प्रतिनिधि उदाहरण हो, रास्वपाको सरकार गठनपछि सबै पालिकाका वडाध्यक्षदेखि अध्यक्ष र मेयरलाई धम्की दिने क्रम बढेको छ ।
मेयर पौडेलले बिहीबारको नगर कार्यपालिका बैठकपछि सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘आजको कार्यपालिकाको बैठकमा केही वडाध्यक्षज्युहरुले वडामा बसेर काम गर्न अप्ठ्यारो भएको र असुरक्षित महसुस भएको जानकारी गराउनुभएको छ । वडामा बसेर काम गर्ने जनप्रतिनिधिहरुलाई सुरक्षित महसुस गर्ने वातावरण बनाइदिनु हुन बालेन सरकारसँग अनुरोध गर्दछु ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend