काठमाडौं । वालेन्द्र शाह नेतृत्त्वको सरकार गठनपछि स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता–कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिलाई दबाब दिने, धम्क्याउने र तर्साउन थालेका छन् । जसका कारण जनप्रतिनिधिहरु असुरक्षित महसुस गर्न थालेका छन् ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले रास्वपाको नाममा वडाध्यक्षहरुलाई धम्की दिने, कानुनबिपरीतका काम गर्न दबाब दिने गर्दा वडाध्यक्षहरु असुरक्षित महसुस गर्न थालेको खुलासा गरेका छन् ।
मेयर पौडेलले सामाजिक संजालमै वडाध्यक्षहरुले असुरक्षित महसुस गरेको डरलाग्दो खुलासा गरेका छन् । उनले वडाध्यक्षहरुलाई वडामा बसेर सुरक्षित साथ काम गर्ने वातावरण बनाउन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष माग गरेका छन् ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिका एक प्रतिनिधि उदाहरण हो, रास्वपाको सरकार गठनपछि सबै पालिकाका वडाध्यक्षदेखि अध्यक्ष र मेयरलाई धम्की दिने क्रम बढेको छ ।
मेयर पौडेलले बिहीबारको नगर कार्यपालिका बैठकपछि सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘आजको कार्यपालिकाको बैठकमा केही वडाध्यक्षज्युहरुले वडामा बसेर काम गर्न अप्ठ्यारो भएको र असुरक्षित महसुस भएको जानकारी गराउनुभएको छ । वडामा बसेर काम गर्ने जनप्रतिनिधिहरुलाई सुरक्षित महसुस गर्ने वातावरण बनाइदिनु हुन बालेन सरकारसँग अनुरोध गर्दछु ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend