काठमाडौं । नेपाल आयल निगमले तीन साताका बीचमा तीन पटक इन्धनमा मूल्यबृद्धि गरेको छ । बिहीबार मध्यराति निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ ।
चैत २० गते बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर १ सय ८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १ सय ६७ रुपैयाँ लिटर रहेकामा अब १ सय ८२ रुपैयाँ पुगेको छ ।
यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८४ रहेकामा अब १ सय ९९ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेल–मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १ सय ६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १ सय ७९ रुपैयाँ ५० पैसा कामय भएको छ ।
यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८६ रुपैयाँ रहेकामा अहिले बढेर २ सय १ रुपैयाँ पुगेको छ ।
यस्तै त्यहाँ डिजेल–मट्टितेलको मूल्य पहिले प्रतिलिटर १ सय ६६ रुपैयाँ रहेकामा अब बढेर १सय ८१ रुपैयाँ पुगेको छ । आयल निगमले यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend