रमेश थापा र दिलीप घिमिरे
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी परिवर्तन गर्न लागेका छन् ।
शनिबार भैंसेपाटीस्थित सशस्त्रका एक एसएसपीको घरमा गृहमन्त्री गुरुङ र केही प्रहरी अधिकृतको बैठक भएपछि काठमाडौंका एसएसपी परिवर्तन गर्ने छलफल भएको स्रोतले बताएको छ ।
मन्त्री गुरुङ शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेका थिए । जहाँ ललितपुरका एसएसपी होविन्द्र बोगटीले एसएसपी दिलीप घिमिरे, झापाकी एसपी बसुन्धरा खड्का र सशस्त्रका एसएसपी राजेश घिमिरेसँग भेटघाटको संयोजन गरेका थिए । खड्का एसएसपी घिमिरेकी पत्नी हुन् । राजेश दिलीपका भाइ हुन् ।
मन्त्री गुरुङ राजेश घिमिरेसँग शनिबार भेट्नेगरी ललितपुर परिसरबाट बिदा भएका थिए । शनिबार भैंसेपाटीमा छलफलपछि काठमाडौंका एसएसपी रमेश थापालाई परिवर्तन गरी दिलीप घिमिरेलाई कमाण्ड दिने तय भएको स्रोतको दाबी छ ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend