Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बिष्णु रिजालको प्रश्नः प्रधानमन्त्रीज्यू, इनिसाको भड्किरहेको आत्माको आवाज तपाईंको कानसम्म पुगेको छैन ?


    बुधबार, चैत्र ११ २०८२
    285
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का केन्द्रीय सदस्य बिष्णु रिजालले सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भएको १९ दिनसम्म पनि अपराधी पत्ता लगाउन नसक्ने हामीले कस्तो राज्यप्रणाली बनाएछौं भनेर प्रश्न गरेका छन् ।

    सुर्खेतमा इनिसाको शब अस्पतालमै रहेको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्–‘हाम्रा छोरीचेलीहरुले मारिएपछि पनि न्यायका लागि कहिलेसम्म इनिसाको शबले जस्तै अनशन बस्नुपर्ने हो ?’

    प्रधानमन्त्री कार्कीलाई रिजालले सोधेका छन्–महिला प्रधानमन्त्रीज्यू, तपाईंको ध्यान तपाईंका आदर्शहरूना मात्र कति केन्द्रित गर्नुहुन्छ ? के यी नानीको भड्किरहेको आत्माको आवाज तपाईंको कानसम्म पुगेको छैन ?

    सामाजिक संजालमा बलात्कारीलाई फासीको संजाय दिनुपर्ने कुरामा जोड दिंदै रिजाल लेख्छन्–‘१९ दिनदेखि एउटा अपराधको एकीन गर्न नसक्ने कस्तो राज्य प्रणाली बनाएछौं हामीले ? सुर्खेतमा इनिसा बिकको शब अस्पालमै छ । हाम्रा छोरी–चेलीहरूले मारिएपछि पनि न्यायका लागि कहिलेसम्म इनिसाको शबले जस्तै अनशन बस्नुपर्ने हो ? बलात्कार हो भन्नेमा शंका छैन तर घटनाको टुंगो लाग्दैन ।

    महिला प्रधानमन्त्रीज्यू, तपाईंको ध्यान तपाईंका आदर्शहरूना मात्र कति केन्द्रित गर्नुहुन्छ ? के यी नानीको भड्किरहेको आत्माको आवाज तपाईंको कानसम्म पुगेको छैन ?

    फेरि भन्छु– बलात्कारीलाई फासीको सजाय दिने कानुन बनाउनुपर्छ, त्यसमा पनि नाबालिकामाथि ज्यादती, सामूहिक दुष्कर्म आदिका हकमा त अनिवार्य नै ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार