काठमाडौं । नेपाली कांग्रेसभित्र फेरि अन्तरकलह सुरु भएको छ । विशेष महाधिवेशनलगत्तै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक कलह पुनः सतहमा देखिन थालेको हो ।
कांग्रस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पक्षले निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक जारी राखेकै बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै समानान्तर केन्द्रीय समितिको बैठक बोलाउन लागेको छ ।
देउवा पक्षले ‘पुरानै’ केन्द्रीय समितिको छुट्टै बैठक बोलाउने तयारी गरेपछि विवादले नयाँ मोड लिएको हो । निर्वाचनमा कांग्रेसले अनपेक्षित पराजय भोगेपछि देउवा पक्ष वर्तमान नेतृत्वसँग असन्तुष्ट देखिएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवर्तमान केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाउने गृहकार्यमा जुटेका छन् ।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव ल्याएपछि देउवा पक्ष थप आक्रोशित बनेको बताइएको छ । उनीहरूले यसलाई ‘राजनीतिक स्टन्ट’ र ‘चटके कार्य’ को संज्ञा दिएका छन् । सभापतिले राजीनामा सार्वजनिक नगरी सिधै अस्वीकृतिको प्रस्ताव ल्याउनु नाटकमात्र भएको इतर पक्षको तर्क छ । यद्यपि, संस्थापन पक्षले भने नैतिक जिम्मेवारी लिएर एकताको सन्देश दिन खोजिएको दाबी गरेको छ ।
कांग्रेस यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा खुम्चिएको छ । स्वयं सभापति गगनकुमार थापा नै पराजीत भएका छन् । अघिल्लो निर्वाचनमा ८८ सिटसहित पहिलो दल बनेको कांग्रेस यसपटक दोस्रो स्थानमा पुगेको हो ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend