Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • होर्मुज जलमार्ग नखोले इरानका ऊर्जा उत्पादन केन्द्रहरू ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


    आइतबार, चैत्र ८ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ होर्मुज जलमार्ग पूर्ण रुपमा संचालन हुन नदिए इरानका ऊर्जा उत्पादन केन्द्रहरु ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
    ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत ४८ घण्टाभित्र उक्त जलमार्ग बिना कुनै अवरोध खुला नगरे अमेरिका कडा सैन्य कारबाहीमा उत्रिने बताएका हुन् ।

    ‘यदि इरानले अहिलेको समयदेखि ४८ घण्टाभित्र कुनै धम्की बिना होर्मुज जलडमरु मार्ग पूर्ण रूपमा नखोले, संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न विद्युत उत्पादन केन्द्रहरूमा आक्रमण गरी ध्वस्त पार्नेछ, सबैभन्दा ठूलो केन्द्रबाट आक्रमण शुरू गर्नेछ’, ट्रम्पले लेखेका छन । ट्रम्पको यो चेतावनी उनले इरान युद्ध ‘कम गर्दै लैजाने’ संकेत दिएको भोलिपल्टै आएको हो ।

    यो चेतावनी युद्ध थप खतरनाक चरणमा प्रवेश गरिरहेको बेला आएको हो । इजरायली अधिकारीहरूका अनुसार इरानले पहिलोपटक लामो दूरीका मिसाइल प्रहार गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार