Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • प्रयोगमा आउन सकेन जुम्लाको पीसीआर मेसिन


    बिहिबार, बैशाख १८ २०७७
    800
    Shares
  • २ मिनेट पाठ
  • जुम्ला, १८ बैशाख । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षण गर्न पीसीआर मेसिन जडान गरिएको छ ।

    तर कोरोना संक्रमण परिक्षणको लागि भने प्रयोगमा आएको छैन  । परिक्षणको लागि  आवश्यक किट नहुँदा जडान गरिएको पीसीअार मेसिन प्रयोगमा  नआएको  हो । प्रयोगमा आउन सकेको छैन। अस्पतालका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन। 

    किट नहुँदा पिसिआर मेसिन प्रयोगविहीन भएको प्रतिष्ठानले जनाएको छ। सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ, पाएका छौँ, किट आउने वित्तिकै परीक्षण प्रारम्भ हुनेछ, निर्देशक रावलले भने। पहिले पिसिआर मेसिन सरकारसँग माग गरिएको थियो तर सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा बोलपत्र आह्वान गरी चीनबाट पिसिआर मेसिन प्रतिष्ठानमा ल्याइपुर्‍याएको छ।

    निर्देशक रावलका अनुसार रिएजेन्ट र किट नहुँदा पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन। किट बाहिर किन्न पनि मिल्छ तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन, उनले भने, सरकारले ल्याउन सक्ने भएकाले ५०० किट माग गरिएको छ। तत्काल दुइ÷तीन सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिन्थ्यो। पिसिआर मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ। अहिले दुइ जना ल्यावका कर्मचारी सुर्खेतमा छन्। उनीहरु सुर्खेतको पिसिआर मेसिन चलाउन सिकिरहेका छन्। किट आउने वित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य शुरु गरिने प्रतिष्ठानका निर्देशक रावतले बताए। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार