Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुन्धाराको पार्किङ ठेक्का हत्याउन सुनिता-कुँवर सेटिङ, गणपतिलाल मध्यस्थकर्ता


    मंगलबार, चैत्र ३ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले गएको माघ १४ गतेदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यो निर्णय गरेको डेढ महिनामै घुमाउरो ढंगबाट सुन्धारास्थित बेसमेन्टको पार्किङको ठेक्का दिने तयारीमा महानगरका कार्यवाहक मेयर सुनिता डंगोल लागेकी छन् ।

    न्यूरोड, खिचापोखरी आसपासका ब्यापारीहरुले बिहानदेखि बेलुकासम्म पार्किङ गर्ने भएकाले त्यसको नियन्त्रण र ब्यवस्थापन गर्ने बहानामा पार्किङ ठेक्का दिने चलखेल महानगरमा भइरहेको छ । पार्किङको नियन्त्रण वा ब्यवस्थापनको जिम्मा महानगर प्रहरीको हो । तर महानगर प्रहरीले गर्न नसकेको बहाना बनाएर शैलेशराज कुँवरको ह्वील्स कम्पनीलाई सुन्धाराको पार्किङको ठेक्का दिन लागिएको स्रोत बताउँछ ।

    कार्यवाहक मेयर डंगोललाई समेत प्रभावमा पारी कुँवरको ह्वील्स कम्पनीलाई सुन्धाराको पार्किङ ठेक्का दिन लागिएको छ, महानगरकै एक कर्मचारीले भने । बालेन्द्र साह मेयर हुनुअघिसम्म न्यूरोड क्षेत्रको सम्पूर्ण पार्किङ ठेक्का कुँवरको ह्वील्स कम्पनीले नै कब्जा गरेको थियो । पछि महानगरले न्यूरोड एरियामा पार्किङ नै हटाएपछि उनको धन्दा बन्द भएको थियो ।

    सुनिता र ठेकेदार कुँवरबीच मध्यस्थकर्ताको भूमिका भने अभियन्ताको काम गर्ने गणपतिलाल श्रेष्ठले गरेको स्रोत बताउँछ । गणपतिलाल जेनजी बिद्रोहपछि गठन भएको नागरिक सरकारमा झन्डै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । भूमिब्यवस्था मन्त्री बनाए पनि उनले अस्वीकार गरेका थिए ।

    कुँवर र गणपतिलाल श्रेष्ठबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ । कार्यवाहक मेयर डंगोल र गणपतिलालबीच् तिहारमा टीका लगाउने दिदीभाइको सम्बन्ध रहिआएको छ । शैलेशराज कुँवर गुठी संस्थानका प्रशासक (सदस्य सचिव) हुन् । गणपतिलालकी पत्नी गुठी संस्थानमै स्वकीय अधिकृतमा जागिरे छिन् ।

    कुँवर नागरिक उन्मुक्ति पार्टीकी नेतृ रन्जिता श्रेष्ठ भूमिब्यवस्था मन्त्री हुँदा भूसदस्य सचिव नियुक्त भएका थिए । तत्कालीन मन्त्री श्रेष्ठलाई मोटो रकम बुझाएर उनी सदस्य सचिव नियुक्ति भएको आरोप लाग्दैआएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार