काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले उपलब्धीमूलक काम गर्न नसकेपछि आलोचना बढेको छ । कार्यवाहक मेयर डंगोलले माघ ५ बाट कार्यभार सम्हालेकी थिइन् ।
सुनिताले कार्यभार सम्हालेको पर्सि चैत ५ गते दुई महिना पुग्छ । केही उपलब्धी देखिन सकेको छैन । महानगरअन्तर्गत शहरी योजना आयोगको उपाध्यक्ष पद रिक्त छ । नियुक्ति गर्न सकेकी छैनन् । शहरी योजना आयोग कामपाको लाइफलाइन हो । त्यहीँबाट महत्वपूर्ण योजना कार्यान्वयन हुन्छ । करिब एक महिनामा पनि उपाध्यक्ष नियक्ति गर्न नसक्नु काबा मेयर डंगोलको कमजोरीका रुपमा लिइएको छ ।
कामपाको नक्सा विभाग खाली छ । डंगोलले विभागीय प्रमुख नियुक्ति गर्न सकेकी छैनन् । आधा दर्जन बिभाग निमित्तको भरमा चलेको छ । कर्मचारीले खासै काम गर्न सकेका छैनन् । अहिले त कुनै पनि काम हुनसकेको छैन । कार्यालय आउनुहुन्छ, यसो कुराकानी गरेजस्तो गर्नुहुन्छ । अनि कार्यक्रममा टाप कसिहाल्नुहुन्छ, कर्मचारीको भनाइ थियो ।
कार्यबाहक मेयर डंगोलको सचिवालयमा बसन्त अचार्य प्रमुख हुनुहुन्छ । सन्तु श्रेष्ठ दोस्रो वरियतामा हुनुहुन्छ । कार्यबाहक मेयर डंगोल भने छैटौं तहका कर्मचारी सौरभ गौतमको कुरा सुनेर काम गर्ने गर्नुभएको थियो । वरिष्ठ कर्मचारी नियुक्ति गरेपछि गौतमको हालिमुहाली घटिसकेको थियो । हिजोआज फेरि गौतमको हैकम बढेको कर्मचारीको भनाइ छ ।
सिनियर कर्मचारीको कुरा सुन्न छाडेर काबा मेयर डंगोलले जुनियर गौतमको कुरा सुन्ने गरेका छन् । ‘सौरभको काम अहिले विभिन्न विभागीय प्रमुखको कार्यकक्षमा पुगेर के काम गरिरहेका छन् हेर्ने अनि काबा प्रमुख डंगोललाई कुरा लगाउने भएको छ । काबा मेयर डंगोलले आफ्नै सचिवालय प्रमुखको कुरा सुन्न छाड्नुभएको छ । गौतमबाहेक उहाँलाई कुनै कर्मचारी नचाहिनेजस्तो भएको छ । कर्मचारीको आरोप छ ।
काबा मेयर डंगोलले काम गर्न नसक्नु आफ्नै कमजोरी हो । कर्मचारीले काम गरे वा नगरेको विषय अनुगमन ठप्प छ । कर्मचारी व्यवस्थापन गर्न प्रवक्ता नवीन मानन्धर लगायत टीमले दिएको सल्लाह उनले सुनेकी छैनन् । खै उपमेयरज्यू काबा मेयर भएपछि धेरै सुधार हुने अपेक्षा राखेका थियौं । भएन । हामी त दिक्क भएका छौं–कर्मचारीको गुनासो थियो । लामो समयदेखि सरुवा गर्नुपर्ने विभागीय प्रमुखको लिष्ट डंगोलसँगै छ । तर के सोच्नुभएको छ, कुनै निर्णय नै दिनुहुन्न ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend