Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाको सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार टुंगो लगाउने


    आइतबार, चैत्र १ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समानुपातिकतर्फका प्रतिनिधिसभाका उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ ।

    बैठक आज बिहान १० बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको हो ।

    बैठकमा रास्वपाले समानुपातिकतर्फका ५७ जना सांसद टुंगो लगाउने बताइएको छ । साथै बैठकमा अन्य विविध विषयहरू पनि छलफल गरिनेछ ।

    निर्वाचन आयोगले बिहीबार नै समानुपातिकतर्फका प्रतिनिधिसभाका उम्मेदवारको नाम ३ दिनभित्र पठाउन दलहरुलाई निर्देशन दिएको थियो ।

    एमाले र श्रम संस्कृति पार्टीले शनिबारै समानुपातिक उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । रास्वपा, नेपाली कांग्रेस, नेकपा र राप्रपाले भने आज टुंगो लगाउँदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार