काठमाडौं । नेकपा(एमाले)ले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ ।
शनिबार दिउँसो गुण्डुमा बसेको एमालेको सचिवालय बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाएको हो । निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरुलाई ३ दिनभित्र समानुपातिक उम्मेदवार पठाउनका लागि निर्देशन दिएको थियो ।
पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा बसेको एमालेको सचिवालय बैठकले समावेशी सिद्धान्तअनुसार बिभिन्न समूहबाट सांसद चयन गरेको जनाएको छ ।
एमालेले जनजाति महिलाबाट भूमिका सुब्बा र गंगादेवी श्रेष्ठलाई समानुपातिकतर्फको सांसदमा पठाउने भएको छ । जनजाति पुरुषबाट रामबहादुर थापा मगर र कुलभक्त शाक्य, खस आर्य महिलाबाट पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र) को नाम टुंगो लगाएको छ ।
खस आर्यतर्फ पुरुषमा गुरुप्रसाद बराल र पुष्पराज कँंडेल, थारु कृपाराम राना(पुरुष), दलित महिला्तर्फ विष्णुमाया बिके, निता घतानी, मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधाकुमारी यादव छन् ।
त्यसैगरी, मधेशी पुरुषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिम महिलाबाट साजिदा सिद्दीकीलाई एमालेले समानुपातिक सांसदमा पठाउने निर्णय गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend