Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कुमार पौडेल इन्काउन्टर घटनाः पूर्वआईजीपीसहित ९ जनामाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न परमादेश


    शुक्रबार, फाल्गुन २९ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । २०७६ असार ५ मा सर्लाहीमा भएको कुमार पौडेल ‘इन्काउन्टर’ सम्बन्धी घटनाको अनुसन्धान गर्न सर्वोेच्च अदालतले परमादेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार पौडेल इन्काउन्टर सम्बन्धी घटनाको अनुसन्धान गर्न आदेश दिएको हो ।

    सर्वोच्च अदालतले किटानी जाहेरीमा नाम रहेकाहरूमाथि अनुसन्धान गर्न परमादेश दिएको छ । सर्वोच्च अदालतको आदेशपछि पौडेल इन्काउन्टरमा नेपाल प्रहरीका तत्कालीन आईजीपी सर्वेन्द्र खनाल, मधेस प्रदेशका तत्कालीन डिआईजी हरिबहादुर पाल र सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल निर्वाचन आयोगका सचिब कृष्णबहादुर राउत अनुसन्धानको दायरामा आउने भएका छन् ।

    स्व. कुमार पौडेल

    त्यसैगरी सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, इन्स्पेक्टरद्वय किरणप्रसाद न्यौपाने र कृष्णदेवप्रसाद (केडी) साह, तत्कालीन सई सूर्यकुमार कार्की र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

    २०७६ असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थित लखनदेही खोला नजिकै प्रहरीको गोलीबाट कुमार पौडेलको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनालाई ‘दोहोरो भिडन्त’ (इन्काउन्टर) दाबी गरे पनि राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले त्यसलाई ‘नियोजित हत्या’ भएको निष्कर्ष निकालेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार