काठमाडौं । २०७६ असार ५ मा सर्लाहीमा भएको कुमार पौडेल ‘इन्काउन्टर’ सम्बन्धी घटनाको अनुसन्धान गर्न सर्वोेच्च अदालतले परमादेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार पौडेल इन्काउन्टर सम्बन्धी घटनाको अनुसन्धान गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले किटानी जाहेरीमा नाम रहेकाहरूमाथि अनुसन्धान गर्न परमादेश दिएको छ । सर्वोच्च अदालतको आदेशपछि पौडेल इन्काउन्टरमा नेपाल प्रहरीका तत्कालीन आईजीपी सर्वेन्द्र खनाल, मधेस प्रदेशका तत्कालीन डिआईजी हरिबहादुर पाल र सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल निर्वाचन आयोगका सचिब कृष्णबहादुर राउत अनुसन्धानको दायरामा आउने भएका छन् ।

त्यसैगरी सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, इन्स्पेक्टरद्वय किरणप्रसाद न्यौपाने र कृष्णदेवप्रसाद (केडी) साह, तत्कालीन सई सूर्यकुमार कार्की र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
२०७६ असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थित लखनदेही खोला नजिकै प्रहरीको गोलीबाट कुमार पौडेलको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनालाई ‘दोहोरो भिडन्त’ (इन्काउन्टर) दाबी गरे पनि राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले त्यसलाई ‘नियोजित हत्या’ भएको निष्कर्ष निकालेको थियो ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend