काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचनमा करिब दुईतिहाई बहुमत प्राप्त गरेपछि बिभिन्न देशका सरकार प्रमुखले उक्त पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साहलाई बधाइ दिन थालेका छन् ।
यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई टेलिफोन गरी हालैको आम निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।
शरीफले रास्वपाले हासिल गरेको उल्लेखनीय चुनावी सफलतालाई नेपाली जनताले नयाँ, ऊर्जाशील र गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतीक भएको बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीको बधाई सन्देशमा नेपाल–पाकिस्तानबीचको ऐतिहासिक मित्रता, आपसी सम्मान र सहकार्यलाई अझ मजबुत बनाउँदै अगाडि बढ्न आफूहरू इच्छुक रहेको उल्लेख गरिएको पाकिस्तानी राजदूतावासले जनाएको छ ।
शरीफले नवनिर्वाचित नेपाली सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पाकिस्तान तयार रहेको सन्देशसमेत दिएका छन् ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोनमार्फत लामिछाने र बालेनलाई चुनावी सफलताका लागि बधाई तथा शुभकामना दिएका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend