काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले भावी अर्थमन्त्रीका रुपमा अगाडि सारेका डा. स्वर्णिम वाग्लेले गाडी आयातमा लाग्दैआएको ३ सय प्रतिशत भन्सार कर हटाउने घोषणा गरेपछि त्यसलाई लिएपछि उनको भनाइलाई लिएर बिभिन्न क्रिया–प्रतिक्रिया आइरहेका छन् ।
अधिवक्ता अमृत खरेलले त गाडीमा लाग्दैआएको भन्सार कर हटाउने डा. वाग्लेको अभिब्यक्ति सत्य हो भने उक्त पार्टीले आफ्नो बर्गको अर्थात् नवधनाढ्यहरु र अभिजात वर्गको सेवा सुरु गरिसकेको छनकका रुपमा लिनुपर्ने बताएका छन् ।
रास्वपाले अत्यावश्यक औषधी र दूधको मूल्य, अत्यावश्यक वस्तुको मूल्य घटाउन चासो राख्ने नै होइन, सार्वजनिक यातायात गुणस्तरीय सस्तो सुलभ त बनाउने नै होइन,निजी गाडीको मूल्य पो घटाउने हो त भनेर खरेलले ब्यंग्य गरेका छन् । उनले पार्टीमात्र त नयाँ हो, नवउदारवादी बजार उपभोक्तावादी नीति त पुरानै हो नि भन्दै खरेलले डा. वाग्लेलाई पनि डा. रामशरण महतकै नयाँ भेरियन्टको सज्ञा दिएका छन् ।
खरेल सामाजिक संजालमा लेख्छन्–‘स्वर्णिम वाग्लेजीले गाडीमा लाग्दै आएको भन्सार घटाउने भन्ने अभिव्यक्ति दिएको खबर सत्य हो भने यो पार्टीले आफ्नो वर्गको अर्थात् नवधनाढ्यहरू र अभिजातहरूको सेवा सुरु गरिसकेको छनक भन्नुपर्यो ।
पार्टी मात्र त नयाँ हो नवउदारवादी बजार उपभोक्तावादी नीति त पूरानै हो नि ।
राम शरण महतजीकै उहाँ नयाँ भेरियन्ट न हो ।
यसले अत्यावश्यक औषधी र दूधको मूल्य, अत्यावश्यक वस्तुको मूल्य घटाउन चासो राख्ने नै होइन, सार्वजनिक यातायात गुणस्तरीय सस्तो सुलभ त बनाउने नै होइन, निजी गाडीको मूल्य पो घटाउने हो त ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend