काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना चलिरहेको छ।
सोमबार बिहान ६ बजेसम्म समानुपातिकतर्फ ७६ लाख ४४ हजार ४८४ मत गणना सकिएको छ।
प्रत्यक्षतर्फ अहिलेसम्म १२४ सिटमा जित निकालेको रास्वपाले अहिलेसम्म समानुपातिकतर्फ ३६ लाख ९७ हजार ७४२ मत प्राप्त गरेको छ।
त्यसैगरि प्रत्यक्षमा १७ सिटमा जित निकालिसकेको नेपाली कांग्रेसले अहिलेसम्म १२ लाख ४८ हजार ६३९ मत पाएको छ।
प्रत्यक्षमा अहिलेसम्म ८ सिट जितेको एमालेले समानुपातिक तर्फ १० लाख ५८ हजार २९१ मत प्राप्त गरेको छ। ०७९ को निर्वाचनमा एमालेले समानुपातिक तर्फ सबैभन्दा बढी मत प्राप्त गर्दा रास्वपा चौथो भएको थियो।
अहिलेसम्म नेकपाले समानुपातिकतर्फ ५ लाख ४३ हजार ९५१ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरि राजावादी दलको रुपमा चिनिएको राप्रपाले अहिलेसम्म २ लाख ६० हजार ५३४ मत ल्याउँदा हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ४९ हजार २११ मत पाएको छ।
मधेसवादी दल जसपाले अहिलेसम्म १ लाख ११ हजार ५७४ मत पाउँदा राष्ट्रिय परीवर्तन पार्टीले १ लाख ३ हजार ५६७ मत ल्याएको छ।
त्यसैगरि जनमत पार्टीले ४७ हजार ३७९, नागरिक उन्मुक्ति पार्टीले ४० हजार ६७५, नेमकिपाले ३८ हजार ३३१, राष्ट्रिय जनमोर्चाले २५ हजार ९८१ र राष्ट्र निर्माण दलले २४ हजार ९४९ मत पाएको छ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend