Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री बन्न दौडधूप नगर्नू, बालेन साहले आफ्नो टीम आफैं छान्नुहुन्छ : असिम साह


    सोमबार, फाल्गुन २५ २०८२
    425
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्वसांसद असीम साहले निर्वाचित भएका सांसदहरुलाई मन्त्री बन्न दौडधूप, भनसुन र मिडियिाबाजी नगर्न चेतावनी दिएका छन् ।

    फिल्म निर्देशक हुँदै २०७९ मा रास्वपाको समानुपातिक सांसद भएका साहले सामाजिक संजालमा मन्त्री बन्न दौडधुप नगर्न आग्रहमिश्रित चेतावनी रास्वपा सांसदहरुलाई दिएका छन् । साहले बालेन्द्र साहले प्रधानमन्त्री बनेपछि आफ्नो टीम आफैं छनोट गरेर बनाउनुहुनेछ, उहाँलाई सबै सांसदहरुको योग्यता र क्षमताबारे राम्रो जानकारी छ भन्ने कुरा समेत लेखेका छन् ।

    उनले आइतबार सामाजिक संजालमा लेखेका छन्–‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न,मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन,केही नगरे पनि हुन्छ, जब द्यबभिल क्जबज प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ,उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ ।

    निर्वाचनको नतिजा नआउँदै रास्वपाका केही सांसदले मन्त्री बन्ने भन्दै बिचौलियाहरु लगाएर मन्त्री बन्ने भन्ने भन्दै मिडियाबाजी सुरु गरेपछि साहले सामाजिक संजालमै लखेर चेतावनी दिएका छन् । चुनाव जितेका पूर्वप्रहरी अधिकृतहरुले आफू मन्त्री हुने भन्दै सामाजिक संजालमा लेख्ने अभिया नै सुरु गरेपछि साहले उक्त चेतावनी दिएको चर्चा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार