Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सिन्धुपाल्चोक-१ बाट नेकपाका युवराज दुलाल निर्वाचित


    आइतबार, फाल्गुन २४ २०८२
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्।

    नेपाली कांग्रेसका बंशलाल तामाङलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार दुलालले २१ हजार ६९९ मत पाएका छन्।

    कांग्रेसका तामाङले १९ हजार १४६ मत पाए। यस्तै, नेकपा एमाले शेरबहादुर तामाङले १५ हजार ९२६ मत पाए।

    दुलाल प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा उठेका थिए। उनले नेकपालाई बागमती प्रदेशमा क्लिनस्वीप हुनबाट जोगाएका छन्।

    काठमाडौँ उपत्यकासहित बागमतीमा ३३ निर्वाचन क्षेत्रमा दुलाल मात्रै नेकपाबाट निर्वाचित भएका छन्।

    देशभर लहर चल्दा सिन्धुपाल्चोक २ मा भने रास्वपा चौथो स्थानमा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार