Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलाली- २ मा रास्वपाको केपी खनाल निर्वाचित


    आइतबार, फाल्गुन २४ २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । कैलाली- २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् ।

    २६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत प्राप्त गरि विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए ।

    त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए ।

    यसअघि कैलाली १ मा रास्वाकी कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार