Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमरेशलाई गगन थापाले दिए बधाई


    आइतबार, फाल्गुन २४ २०८२
    250
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर- ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेता डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन्।

    थापाले सामाजिक सञ्जालमार्फत सिंहलाई बधाई दिएका हुन्। थापाले लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ।’ उनले मतताताप्रति कृतज्ञता व्यक्त गर्दै सर्लाहीका समस्या सम्बोधन गर्न सम्भव हुने काम निरन्तर गरिरहेने प्रतिबद्धतासमेत जनाएका छन् ।

    उनले निर्वाचनको समयमा विश्वास र मतदाताबाट पूर्ण समर्थन प्रदान गर्ने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेका छन् ।

    सर्लाही–४ मा रास्वपाका सिंहसँग कांग्रेसका थापा १२ हजार बढी मतले पराजित भएका हुन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम कांग्रेसका थापाले २२ हजार ८३८ मत पाएका छन्। सिंह र थापाबीचको मतान्तर १२ हजार ८५० रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार