Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • रुपन्देही २ मा पौडेलभन्दा रास्वपाका सुलभ १० हजार ७३६ मतले अगाडी


    शुक्रबार, फाल्गुन २२ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको गढ मानिने रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठुलो मतान्तरले अग्रता लिएको छ ।

    पछिल्लो मतगणना परिणाम अनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष नेता विष्णु पौडेललाई निकै फराकिलो मतान्तरले पछाडि पारेका हुन्।

    खरेलले १३ हजार ८६९ मत प्राप्त गर्दा पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले मात्र ३ हजार १३३ मत पाएका हुन् ।

    रास्वपाका सुलभ खरेल र एमालेका विष्णु पौडेलबीचको मतान्तर १० हजार ७३६ पुगेको छ । नेपाली कांग्रेसका उम्मेदवार चुन्नु पौडेल १ हजार ७७९ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ भने नेकपाका विश्वदीप पाण्डे ४०५ मतमा खुम्चिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार