Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • मेरा लागि फागुन २१ कहिल्यै नबिर्सने दिन हो: केपी ओली


    बिहिबार, फाल्गुन २१ २०८२
    475
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो जीवनको लागि महत्वपूर्ण दिन भएको बताएका छन्।

    सामाजिक सञ्जालमा उनले आज आफ्नो जीवनको लागि दुई संयोगहरु भएको दिन भएको बताएका हुन्।

    ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो,’ उनले केही बेरअघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’

    ओलीले पञ्चायती व्यवस्थामा जेल परेको स्मरण गरेका छन्।

    ‘झापा आन्दोलन, जसले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको थियो। त्यही क्रममा हामीलाई जेल हालिएको थियो,’ ओलीले भनेका छन्, ‘झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो।’

    ओलीले उतिबेला आफू जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको दाबी गरेका छन्।

    ‘जेल सार्ने बहानामा हत्या गरिन लाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ,’ ओलीले भनेका छन्, ‘देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। फागुन २१ कहिल्यै नबिर्सने दिन हो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार