Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली काँग्रेसका सभापति थापाले गरे मतदान


    बिहिबार, फाल्गुन २१ २०८२
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन् ।

    मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए ।

    ‘संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियोु, उनले भने, ‘निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।’

    नेपाली काँग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार